बिहिबार, पुस १७, २०८२
Thursday, January 1, 2026

अंग्रजी नयाँ वर्षमा नेपालीहरुले राष्ट्रिय पोशाक दिवस र नेपाली टोपी दिवस मनाउँदै

इस्वी सम्वतको नयाँ वर्षको दिनलाई नेपालीहरुले राष्ट्रिय पोशाक दिवस र नेपाली टोपी दिवसको रुपमा मनाउने गरेका छन् ।

विश्वव्यापीकरणको प्रभावले अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको भन्दै ०७० सालदेखि केही युवाहरुले नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि यो दिवस मनाउन सुरु गरेका थिए ।
यही क्रममा विहीबार बिहान पनि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भेला भएर युवाहरुले नेपाली राष्ट्रिय पोशाक लगाएर प्रदर्शन गर्दैछन् ।

स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्यूचोली राष्ट्रिय जागरण नेपाललगायतका संस्थाहरुले संयुक्त रुपमा दिवसको कार्यक्रम आयोजना गरेका छन् ।

राष्ट्रिय पोशाक दौरा सुरुवाल र ढाका टोपीमा सजिएका सहभागीहरुले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोशाकको संरक्षण गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x