विवेकशील साझाबाट आएका ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विवेकशील साझाबाट आएका ७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।
आज बसेको केन्द्रीय समिति बैठकले विवेकशील साझाबाट आएका ७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो ।
बैठकले पार्टी समायोजन पछि आज ७ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको रास्वपाले जनाएको छ ।
मनोनीत हुनेमा समीक्षा वास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना रहेका छन् ।
केही समय अघि विवेकशील साझा पार्टी रास्वपामा समाहित भएको थियो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE