निर्वाचन नजिकिएसगैं छापियो १० लाख नमूना मतपत्र
काठमाडौं। प्रतिनिधि सभा निर्वाचनका लागि १० लाख नमुना मतपत्र छपाइ सम्पन्न भएको छ। जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा नमुना मतपत्र छपाइ गरेको हो। नमुना मतपत्र निर्वाचन शिक्षा कार्यक्रममा प्रयोग गरिनेछ।
निर्वाचन आयोगका अनुसार शुक्रबारबाट समानुपातिक तर्फको मतपत्र छपाइ सुरू हुँदैछ। सेतो कागजमा कालो मसी मतपत्रमा प्रयोग हुनेछ। आयोगले भैपरी आउने अवस्थाका लागि मतदाता संख्याभन्दा १० प्रतिशत बढी मतपत्र छपाइ गर्ने गरेको छ।
यो निर्वाचनमा प्रत्यक्ष र समानुपातिकका लागि सरदर २ करोड मतपत्र छापिने आयोगले जनाएको छ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE