मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

सुनको भाउ आज २ हजार १ सय रुपैयाँले बढ्यो

काठमाडौं । हिजो र अस्ति घटेको सुनको भाउ आज तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ ।

सुन तोलामा २ हजार १ सय रुपैयाँले बढेर तोलाको २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ६५ हजार ७ सय रुपैयाँ थियो । अस्ति सुनको भाउ तोलाको २ लाख ६७ हजार ७ सय रुपैयाँ थियो ।

चाँदीको भाउ भने आज पनि घटेको छ । चाँदी तोलामा ५५ रुपैयाँले घटेर तोलाको ४ हजार ७ सय ८० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ८ सय ३५ रुपैयाँ थियो । अस्ति चाँदीको भाउ अहिलेसम्मकै उच्च ४ हजार ९ सय ३५ रुपैयाँ थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x