रास्वापासँगको एकता असहज भएको कुलमानको स्वीकारोक्ति,संवादको प्रयास भने जारी
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको समायोजन सहज नभएको स्वीकार गरेका छन् ।
काठमाडौं रामेछाप पत्रकार समाजको पाँचौं साधारण सभालाई शनिवार सम्बोधन गर्ने क्रममा हालै मन्त्रीबाट राजीनामा दिएका घिसिङले वार्ता भइरहे पनि यसै भन्न सकिने अवस्था नरहेको बताए ।
उनले भने–उज्यालो नेपाल पार्टी रास्वपामा विलय भइसकेको छैन । हामीले सँगै मिलेर जाने भनेर एकखालको समझदारी गरेका थियौं तर त्यसको कार्यन्वयन जटिल भएको छ । हामी फेरि पनि संवादको पक्षमै छौं । हामी फेरि पहिलेकै जस्तो नहोस्,जनताको आकांक्षा पूरा गर्न सकेसम्म मिलौं भन्नेमा छौं ।
रास्वपाले कुलमानसँग वार्ता र संवादमै रुची नदेखाएको र एकताको प्रक्रिया भंग हुन लागेको चर्चा चलिरहेका बेला घिसिङले गृहजिल्ला रामेछापका पत्रकारहरुसँग निकै कठिन रहेको स्वीकार गरे । घिसिङले आफू रामेछाप वा काठमाडौं ३ मध्ये एक क्षेत्रबाट चुनाव लड्ने तयारीमा रहेको समेत बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE