मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

हिमालयमा हिउँको मात्रा तीव्र रूपमा घट्दै, २ अर्ब मानिसको जलस्रोतमा खतरा

काठमाडौं। सन् २०२५ मा हिन्दुकुश हिमालय क्षेत्रमा हिउँ पर्ने अवधि बितेको २३ वर्षकै न्यूनतम स्तरमा झरेको छ ।अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र  इसिमोडको स्नो अपडेट रिपोर्ट २०२५ अनुसार हिमालय क्षेत्रमा सन् २०२५ मा हिउँ टिक्ने अवधि सामान्यभन्दा २३ दशमलव ६ प्रतिशतले कम रहेको छ । यो लगातार तेस्रो वर्ष औसतभन्दा कम हिउँ परेको हो ।अध्ययनमा सन् १९८० देखि २०२१ सम्मका चार फरक तथ्याङ्कको विश्लेषण गरिएको छ । अध्ययनले पश्चिमी र मध्य हिमालयमा शीतकालीन वर्षामा कमी आएको देखाएको छ ।

भारतीय मौसम विभागका अनुसार डिसेम्बरमा उत्तर भारतका सबैजसो क्षेत्रमा कुनै पनि वर्षा वा हिमपात रेकर्ड भएन । वैज्ञानिकहरूले भूमध्यसागरबाट आउने पश्चिमी वायु प्रणाली कमजोर हुनुलाई शीतकालीन वर्षा र हिमपात घट्नुको मुख्य कारण मानेका छन् ।

हिउँ र हिउँदे वर्षा कम हुँदा झन्डै दुई अर्ब मानिसको जल सुरक्षामा गम्भीर खतरा निम्त्याएको इसिमोडको प्रतिवेदनमा उल्लेख छ ।हिमालयको हिउँ घट्दा पानीको आपूर्ति असरमात्र नभइ वनमा आगलागीको जोखिम बढ्ने, पहाडहरू अस्थिर हुने र चट्टान खस्ने, पहिरो जाने तथा हिमताल फुट्नेजस्ता प्रकोपहरू बढ्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x