१४ औं ताप्लेजुङ वनभोज चोभारमा
काठमाडौं। ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंले १४ औं ताप्लेजुङ वनभोज–२०८२ आयोजना गर्ने भएको छ ।केन्द्रले सोमवार काठमाडौमा पत्रकार सम्मेलन गरि ताप्लेजुङ जिल्लाप्रति आत्मीयता, साझा पहिचान र आपसी सद्भावलाई संस्थागत रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले वनभोज आयोजना गर्न लागिएको जानकारी दिएको हो । माघ १० गते शनिबार, हुप्पील्याण्ड, चोभार, कीर्तिपुरमा हुने वनभोजका लागि सम्पूर्ण तयारी पूरा भएको वनभोज संयोजक लोजक लामा लुईटले जानकारी दिए। उनले २०६२ सालदेखि निरन्तर यो कार्यक्रम गदै आएको बताए ।
वनभोजले राजधानी तथा आसपासमा बसोवास गर्ने ताप्लेजुङवासीहरूलाई एकै मञ्चमा एकत्रित गराउँदै सामाजिक एकता, सांस्कृतिक निरन्तरता र भावनात्मक सम्बन्ध मजबुत बनाउँदै आएको उनको भनाई छ । वनभोजमा ताप्लेजुङ जिल्लाको बहुजातीय तथा बहुसांस्कृतिक पहिचान झल्काउने तामाङ सेलो डफ्फु, च्याब्रुङ, स्याब्रु, साकेला, कौडा, गुरुङ नृत्य, लाखे नाच लगायत विविध सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिने छन् । साथै चियर रेस, डोरी तान, छेलो हान्ने, घैँटो फुटाउने जस्ता मनोरञ्जनात्मक खेलकुद कार्यक्रमसमेत आयोजना गरिने उहाँले जानकारी दिए ।
वनभोज कार्यक्रममार्फत ताप्लेजुङवासीबीच आपसी सद्भाव, एकता र सहकार्य प्रवद्र्धन गर्नुका साथै तीन पुस्ताबीचको भेटघाट र भावनात्मक सम्बन्ध सुदृढ गर्ने तथा जिल्लाको समग्र विकासमा योगदान गर्न प्रेरित गर्ने लक्ष्य राखिएको छ । कार्यक्रमको आर्थिक व्यवस्थापन टिकट विक्री, स्वेच्छिक दान तथा प्रायोजक सहयोगमार्फत गरिएको जनाइएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE