संयोजक दाहालले रुकुम पूर्वबाट मनोनयन दर्ता गराए
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पूर्व निर्वाचन क्षेत्र नं। १ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। दाहलले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन। जनयुद्धको उद्गमस्थल मानिने रुकुम क्षेत्रबाट उम्मेदवारी दर्ता गराउँदै दाहालले सो क्षेत्रको विकास र समृद्धिका लागि आफू प्रतिवद्ध रहेको बताए । यसअघि २०७९ को निर्वाचनमा गोरखा–२ बाट विजयी भएका दाहालले यसपटक जनयुद्धको ऐतिहासिक महत्व बोकेको रुकुम पूर्वलाई रोजेका हुन।
मनोनयन दर्ताका क्रममा पार्टीका नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । देशभर आजै प्रमुख राजनीतिक दलका शिर्ष नेताहरूले आफ्ना निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराइरहेका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE