इतिहास स्मरण गरेर सही बाटोमा अघि बढौँः सुनिता डंगोल
काठमाडौं । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले इतिहासबाट सिकेर सही बाटोमा अघि बढ्नु आजको आवश्यकता भएको बताएबी छन् । शनिवारबाट शुरु शुरु भएको शहीद सप्ताहको अवसरमा टेकुस्थित शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै उनले शहीद सप्ताह कार्यक्रम गर्ने दिनका रुपमा मात्र नभइ जिम्मेवारीवोध गर्ने दिन भएको बताइन् ।
इतिहास पढ्न र पाठ्यक्रममा राख्नका लागि मात्र नभइ त्यसलाई मनन गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले इतिहासबाट सिकेर जनताका लागि काम गर्न जरुरी रहेको बताइन् । अन्यायप्रति सधैँ आवाज उठाउनुपर्छ र जनताप्रति सदैव कर्मठ हुनुपर्दछ भन्नेकुरा इतिहासले सिकाउने उनको भनाइ छ ।
उनले भनिन्, ‘शहीद सप्ताह कार्यक्रम गर्ने दिनका रुपमा मात्र नभइ हामीले जिम्मेवारवोध गर्ने दिनका रुपमा पनि लिनुपर्छ । इतिहास भनेको पढ्नका लागि मात्रै होइन, पाठ्यक्रममा राख्नका लागि मात्रै होइन । त्यसलाई मनन गर्नका लागि र इतिहासबाट धेरै कुराहरु सिक्नुपर्ने हुन्छ । इतिहास केबल कितावका पानामा मात्र राख्नका लागि होइन, स्मरण गर्न र जीवनमा उपयोग गरी सही बाटोमा अघि बढ्नका लागि हो । इतिहाससँगै जनताका लागि काम गर्नुपर्छ भन्ने दिनका रुपमा लिनुपर्छ । अन्यायप्रति सधैँ आवाज उठाउनुपर्छ र जनताप्रति सदैव कर्मठ हुनुपर्दछ भन्नेकुरा स्मरण गराउँछ ।’
कार्यवाहक प्रमुख डंगोलले शुक्रराज शास्त्रीले साहित्यमार्फत पनि समाजमा चेतना फैल्याउन मद्दत गरेको बताइन् । प्रजातन्त्र ल्याउनमा शास्त्रीको योगदामा अविष्मरणीय रहेको उनको भनाइ छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE