सरकारले कुनैपनि निकायमाथि अवाञ्छित दबाब दिएको छैनः प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी तथा सार्वजनिक निकाय तथा नियमनकारी संस्थामाथि कुनैपनि किसिमको अवाञ्छित दबाब नदिएको दाबी गरेकी छन् ।राष्ट्रिय सभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सो दाबी गरेकी हन्।अन्तरिम सरकारले मितव्ययितालाई उच्च प्राथमिकता दिएकै कारण स्रोत साधनको दुरुपयोग धेरै हदसम्म नियन्त्रणमा आएको उनको भनाइ छ । उनले सरकारी तथा सार्वजनिक निकायहरूले पूर्ण रूपमा व्यावसायिक स्वतन्त्रताका साथ कानुनअनुसार काम गरिरहेको स्पष्ट पारनि । उनले सार्वजनिक संस्थाहरूले स्वतन्त्र रूपमा काम गर्न पाएको परिणाम देखिन थालेको पनि दाबी गरीन । प्रधानमन्त्री कार्कीले सुशासन कायम गर्न अब कुनैपनि नागरिक सडकमा आउनुपर्ने अवस्था नआओस् भन्ने दिशामा सबै पक्ष सधैँ सचेत हुनुपर्नेमा जोड दिइन ।
उनले भनीन्।, ‘ यो सरकार गठन भएपछि मितव्ययितालाई हामीले प्रमुखताका साथ अंगीकार गर्यौँ । तसर्थ स्रोतसाधनको दुरुपयोग धेरै हदसम्म रोकिएको छ । हामीले अनावश्यक सुविधा लिएका छैनौँ । सार्वजनिक निकाय र नियमनकारी संस्थाहरुले कानूनबमोजिम गर्ने काममा कुनै प्रकारको अवाञ्छित दबाब दिएका छैनौँ । पूर्णरुपमा व्यावसायिक स्वतन्त्रताका साथ ती निकायहरुले काम गरिरहेका छन् । त्यसका केही परिणाम अहिले देखिएका छन् । केही दीर्घकालमा देखिने गरी हामीले जग बसालेका छौँ । र यस वर्षका घटनालाई पाठको रुपमा लिँदै आगामी दिनमा कसैले पनि स हुनुपर्दछ । यसका लागि सत्ताको मोहमा मग्न हुने होइन, विधिको शासनप्रति हाम्रो निष्ठा अटुट हुनुपर्दछ ।’
उनले राजनीतिक दलहरु सत्ताको मोहमा मग्न नभई विधिको शासनप्रति अटुट निष्ठाका साथ काम गर्नुपर्नेमा जोड दिएकी छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE