बादलले सुनाए ओलीको सन्देशः पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्ने प्रण गरौँ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा देखिएको चुनौतिहरुको सामना गरेर अघि बढ्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।
बुधवार नेकपा स्थापना दिवसको अवसर पारेर पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले पठाएको शुभकामना सन्देशमा ओलीले सो कुरा उल्लेख गरेका हुन् । स्वास्थ्यले साथ नदिएपछि ओलीले पठाएको सो शुभकामना सन्देश पढेर सुनाउँदै उपाध्यक्ष रामबहादुर थापा बादलले निर्वाचन पछि पार्टीले व्यहोर्नुपरेको असफलताका विषयमा गम्भिर समिक्षा गर्दै फेरी पार्टीलाई सफलताको उचाईमा पु¥याउनका लागि पार्टीलाई एकतावद्ध बनाएर अघि बढनुपर्ने बताए । ओलीले सन्देशमा एमालेले समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य नछाडेको र त्यसलाई पूरा गर्ने संकल्प अनुसार नै अघि बढने बताएको पनि उपाध्यक्ष बादलको भनाइ छ ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकार प्रतिशोधपूर्ण ढंगले अघि बढ्न खोजिरहेको आरोप लगाए । प्रतिशोध शासन सञ्चालन प्रणालीको आधार हुन नसक्ने उनको भनाइ छ । उनले लोकतन्त्र र संविधानको मूल्य र मान्यताका आधारमा सरकार चलाउन आग्रह गरे ।
महासचिव शंकर पोखरेलले पार्टीलाई नयाँ जीवन दिनका लागि पार्टीका नेताहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने बताए । पार्टी नेताहरुलाई एकतावद्ध बनाएर मात्रै मुलुकको भविष्यलाई अघि बढाउन सकिने सच्याईलाई पार्टीका नेताहरुले आत्मासात गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
पार्टीका कार्यकर्ता र आम जनताले पनि नेताहरुले मिलेर मात्रै एमालेलाई नयाँ जीवन दिन सकिने र भविष्यमा आशा गर्न सकिने पार्टीको रुपमा अघि बढाउन सकिने निष्कर्ष सुनाएको महासचिव पोखरेलको भनाई थियो ।।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE