शुक्रबार, माघ २४, २०८२
Friday, February 6, 2026

अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयकमा दफावार छलफल सकियो

काठमाडौँ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा अभौतिक सांस्कृतिक सम्पदा ९संरक्षण० विधेयक २०८१ माथिको दफावार छलफल सकिएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले सहमति हुन नसकेका विषयहरु प्रतिवेदनमै छलफल गर्नेगरी दफावार छलफल सकाएको हो । नेपाल अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि, २००३को पक्ष राष्ट्र भएको हुनाले उक्त महासन्धिको कार्यान्वयन गराउन भन्दै यो विधेयक ल्याइएको हो ।बैठकमा बोल्दै समिति सभापति तुलसाकुमारी दाहालले छलफलमार्फत टुंग्याएका विषयहरुलाई मस्यौदा प्रतिवेदनको रुपमा तयार पार्न समिति सचिवालयलाई निर्देशन दिइन् । उनले भाषिक तथा सहमति जुट्न नसकेका विषयहरुमा आवश्यक गृहकार्य गर्न संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई सुझाव दिइन्।

उनले सहमति जुट्न नसकेका विषयमा विज्ञहरुसँग छलफल गरेर अघि बढ्ने जानकारी पनि गराइन् । छलफलमा सहभागि सांसदहरुले सूचीकृत अभौतिक अमूर्त सांस्कृतिक सम्पदाको दुरुपयोग वा बेचबिखनको कार्य भएमा प्रचलित कानूनअनुसार दोषीलाई सजायको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
अभिलेखिकरण तथा सूचीकृत भएका सम्मपदाहरुको संरक्षणका लागि सरकारले योजना तथा कार्यक्रम बनाई लागु गर्नुपर्ने बाध्यकारी व्यवस्था राख्नुपर्ने उनीहरुको माग छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x