मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

ओमानको मध्यस्थतामा इरान र अमेरिकाबीच भएको वार्ता सकारात्मक

काठमाडौं । ओमानको मध्यस्थतामा इरान र अमेरिकाबीच भएको वार्ता सकारात्मक रहेको वार्तामा सहभागीले बताएका छन् ।

इरानी अधिकारीहरूले अमेरिकासँगको पछिल्लो वार्तालाई सकारात्मक भनेर वर्णन गरेका बीबीसीले जनाएको छ । तर वार्ताले अमेरिकी आक्रमणको बढ्दो डरलाई कम गर्न कुनै पनि ठोस रोडम्याप प्रदान गरेको छैन ।

ओमानको राजधानी मस्कटमा भएको हिजोको वार्तामा इरानी टोलीको नेतृत्व विदेशमन्त्री अब्बास अराघचीले गर्नुभएको थियो भने अमेरिकाले विशेष दूत स्टीव विटकफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनरलाई पठाएको थियो ।

वार्तापछि इरानी विदेशमन्त्री अराघचीले दुई देशले शीर्षतहमा छलफल गरेपछि थप चरणहरू कसरी अगाडि बढाउने भन्ने निर्णय लिइने बताउनुभएको छ । वार्ताको केन्द्रमा इरानको ब्यालिस्टिक क्षेप्यास्त्र र क्षेत्रीय सुरक्षा रहेको छ । अमेरिकाले वार्ताबारे तत्काल कुनै प्रतिक्रिया जनाएको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x