टी–२० विश्वकप क्रिकेटमा आज ३ वटा खेल हुँदै
काठमाडौं । आईसीसी टी–२० विश्वकपमा आज तीनवटा खेल हुँदैछन् । पहिलो खेल समूह ‘सी’ अन्तर्गत स्कटल्याण्ड र इटलीबीच कोलकाताको ईडेन गार्डेन मैदानमा विहान सवा ११ बजे शुरू हुनेछ ।
दुवै टोलीका लागि आजको खेल अंक तालिकामा मजबुत स्थान बनाउने अवसरका रूपमा हेरिएको छ । दोस्रो खेल आजै समूह ‘बी’ अन्तर्गत श्रीलंकाको कोलम्बोमा रहेको सिन्हालिज स्पोट्स् क्लब मैदानमा जिम्बाब्वे र ओमानबीच दिउँसो सवा ३ बजे हुँदैछ । दुवै टोलीले समूह चरणबाट अगाडि बढ्ने लक्ष्यसहित मैदानमा उत्रिनेछन् ।
जिम्बाब्वेको तीव्र बलिङ र ओमानको आक्रामक ब्याटिङ यस खेलको मुख्य आकर्षण हुने अपेक्षा गरिएको छ, । त्यसैगरी, आजको तेस्रो तथा अन्तिम खेल समूह ‘डी’ अन्तर्गत भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा बेलुकी सवा ७ बजे दक्षिण अफ्रिका र क्यानाडाबीच हुनेछ ।
विश्वकपका बलिया टोलीमध्ये एक मानिने दक्षिण अफ्रिकाले क्यानाडाविरुद्ध आफ्नो वर्चस्व कायम राख्ने लक्ष्य लिएको छ भने क्यानाडाले ठूला टोलीलाई चुनौती दिने उद्देश्यसहित मैदानमा जानेछ । आजका तीनैवटै खेल सुपर चरणतर्फ पुग्न महत्वपूर्ण छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE