बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026

जनताको आकर्षण हामीतिर छः उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले यसपटकको निर्वाचनमा जनताको समर्थन आफूहरुलाई बढेको दाबी गरेका छन् ।

राष्ट्रिय प्रेस क्लवले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले विगतको निर्वाचनको तुलनामा यसपटक जसपा नेपालको लागि अनुकूल वातावरण भएको दाबी गरेका हुन् ।पार्टी एकीकरणपछि संगठन बलियो भएकोले जनसमर्थन बढेको उनको भनाइ छ ।

उनकाअनुसार राजनीतिमा मुख्य कुरा मुद्दा, विचार र सिद्धान्त हो । राष्ट्रिय तथा स्थानीय मुद्दामा आफूहरु स्पष्ट रहेको र ती मुद्दा लिएर जनताबीच गएको उनले बताए ।सोही कारण विगतको तुलनामा अहिले जनताको आकर्षण आफ्नो पार्टीतर्फ बढेको उनको जिकिर छ । उनले आफूहरुले सधै जनताका मुद्दालाई केन्द्रमा राखेर अघि बढ्ने गरेको उल्लेख गरे । उनले हाल नेपालमा नयाँ र पुराना पुस्ताबीचको लडाँई सिर्जना गर्न खोजिएको पनि आरोप लगाए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x