रविका सहयोगी बोहराको भन्छन् प्रतिशोधविरुद्ध एक करोड हस्ताक्षर पुग्थ्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका नेता दीपक बोहराले सभापति रवि लामिछानेको पक्षमा एक करोड हस्ताक्षर पुग्ने अवस्था रहेको दाबी गरेका छन् ।
सभापति लामिछानेमाथि चलेको सहकारी ठगी मुद्दाविरुद्ध ‘राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर अभियान’ नामबाट रास्वपाले अभियान चलाएको थियो । सभापति लामिछानेका मुख्य सहयोगी समेत रहेका बोहराले सोही अभियान अगाडि बढाउन पाएको भए करोड बढी हस्ताक्षर संकलन हुनसक्ने दाबी गरेका हुन् । ‘मेरो नेतृत्वमा भएको हो हस्ताक्षर क्याम्पेन, जसमा ४० लाख मानिसले हस्ताक्षर गरे,’ धनगढीमा आयोजित रास्वपाको चुनावी सभामा बोल्दै बोहराले भने ।
हस्ताक्षर अभियानमा पूर्वन्यायाधीशदेखि प्रहरी, सेना, बुद्धिजीवी सबैले हस्ताक्षर गरेको उनले बताए । ‘हस्ताक्षर अभियान जारी नै थियो । म जानै भएको थिएन, डिजिटल क्याम्पेन गर्नै पाएको थिएन । घरघर जानै पाएको थिएन,’ उनले भने, ‘४० लाख पुगेको थियो, त्यो करोडमाथि पुग्थ्यो ।’ आफूले २०८४ कुरेको र जनताको घरघरमा पुगेर देखाइदिनेमा आफूहरूले सोचेको उनले बताए । ‘तर, जनताले २०८२ मै देखाइदिए,’ बोहराले भने ।
बोहरा कञ्चनपुर २ मा रास्वपाबाट उम्मेदवार छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE