शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

आजदेखि निर्वाचन अवधिभरका लागि मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध

काठमाण्डौ । यही फागुन २१ गते हुने निर्वाचन अवधिभरका लागि मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लागेको छ । ।

मतदानको मितिभन्दा सात दिन अगाडिदेखि चुनावको अन्तिम परिणाम घोषणा नभएसम्म   मादक पदार्थ  (जाँडरक्सी) बिक्री–वितरण तथा पिउन प्रतिबन्ध लगाउन उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्णय गरेअनुसार यो नियम आजदेखि लागू भएको हो ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णय अनुसार आगामी १८ गते सोमवार राति १२ बजेदेखि चुनावी प्रचारप्रसार निषेध हुनेछ । यस अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ ।

मतदानको दिनमा अत्यावश्यक सेवाका गाडी, कूटनीतिक नियोगका गाडी र पास प्राप्त गरेका गाडीबाहेक अरु सार्वजनिक तथा निजी गाडीहरू सञ्चालनमा रोक लाग्नेछ । यो निर्णय फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान नसकिएसम्मका लागि लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

अत्यावश्यक सेवाका गाडीमा एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका गाडी, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने गाडी रहेका छन् ।

मतदानको दिनमा अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू यथावत सञ्चालनको व्यवस्था मिलाउन, अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका हवाई उडानका लागि टिकट भएका यात्रुहरूलाई विमानस्थलदेखि घर र बसोबास गर्ने होटलसम्म तथा घर र बसोबास गर्ने होटलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको गाडी प्रयोग गर्न दिने व्यवस्था मिलाउन पनि आयोगले सम्बन्धित निकायलाई भनेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x