सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

सर्लाहीमा कांग्रेस नेतामाथि आक्रमण

काठमाडौ। सर्लाही जिल्लाको बलरा नगरपालिका–४ मा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) डा.कमलेश्वर सिन्हामाथि आक्रमण भएको छ।आइतबार दिउँसो करिब १२ः १० बजे बलरा–४ स्थित राजेश सिंहको घरको पूर्व तथा सुनिल सिंहको घरको उत्तरतर्फ रहेको बाटोमा आक्रमण भएको कांग्रेसका स्थानीय नेता नवीन कुशहवाले जानकारी दिए ।

डा.सिन्हा आफ्ना छोरा र नातिसँगै स्कार्पियो गाडीमा बसेको अवस्थामा अज्ञात समूहले गाडीमाथि आक्रमण गरेको हो ।कांग्रेसले सर्लाही–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद अमरेशकुमार सिंहका समर्थकले आक्रमण गरेको जनाएको छ । आक्रमणबाट घाइते भएका डा.कमलेश्वर सिन्हालाई उपचारका लागि अस्पताल भर्ना गरिएको कांग्रेसले जनाएको छ। घटनाप्रति कांग्रेस सर्लाही–४ ले आपत्ति जनाएको छ । प्रहरीले भने यो विषय सञ्चारमाध्यममा आए पनि औपचारिक रूपमा जानकारीमा नआएको बताएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x