सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

ओडिशाको एससीबी अस्पतालमा आगो लाग्दा १० जनाको मृत्यु

काठमाडौं । भारतको ओडिशामा एक अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । कटकस्थित एससीबी मेडिकल कलेज एन्ड हस्पिटलमा आगलागी हुँदा १० जनाको मृत्यु भएको हो ।

मुख्यमन्त्री मोहन चरण माझीले आगलागीबाट भएको क्षतिको पुष्टि गरेका छन् । ‘एससीबी मेडिकल कलेजबाट ट्रमा केयर सेन्टरमा सम्भवतः शर्ट सर्किटका कारण आगो लाग्यो । ट्रमामा रहेको आईसीयूमा २३ बिरामी भर्ना थिए ।’

मुख्यमन्त्री माझीले घटनाको न्यायिक जाँचको आदेश दिएका छन् । उनले घटनामा संलग्नलाई कडा कारबाही गरिने पनि बताएका छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x