महिला लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा आफ्नाे सात वटै प्रदेशका माध्यामिक विध्यालयहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडाैं । ग्लोबल मनि विक २०२६ को अवसरमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नाे सात वटै प्रदेशका माध्यामिक विध्यालयहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
सुदुरपश्चिम प्रदेशबाट श्री कृष्ण माध्यमिक विध्यालय गुलरिया कञ्चनपुरकाे प्राङ्गणमा, कर्णाली प्रदेश कार्यालयबाट श्री जन नमुना मा.वि. विरेन्द्रनगर सुर्खेतमा , लुम्बिनी प्रदेश कार्यालयबाट श्री जन कल्याण मा.वि. तुल्सीपुर दुधरास दाङमा, गण्डकी प्रदेश अन्तरगत ईशानेश्वर मा.वि. मध्यनेपाल भाेर्लेटार लमजुङ, बागमती प्रदेश कार्यालयबाट पद्माेदय मा.वि. भृकुटिमण्डप काठमाडौ, मधेश प्रदेशमा श्री लक्ष्मु मा. वि. जलेश्वर महाेत्तरी र काेशी प्रदेशमा श्री शारदा मा. वि. धनपालथान कर्सिया माेरङमा एकैदिन एकैसाथ सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेशमा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण प्रसाद न्याैपानेले युवाहरुले प्रविधि युक्त बैकिङ प्रणालीकाे प्रयाेगलाई स्तर उन्नति गर्दै आफ्नाे समुदायमा बैकिङ प्रणाली पहुँचलाई प्रभावकारी रुपमा प्रयाेग गर्न अहम भुमिका निर्वाह गर्नु पर्ने र त्यस्ताे कार्य युवाहरुबाट नै संभव हुने भन्दै उपस्थित विधार्थी युवाहरुलाई ग्लाेवल मनि विक २०२६ सफल पार्न सक्रिय सहभागी भई सहयाेग गर्नु भएकाेमा धन्यवाद उज्जल भविष्यकाे लागि शुभकामना व्यक्त गरेका थिए ।
उक्त कार्यक्रमहरुमा सम्पूर्ण विध्यालयहरुलाई शैक्षिक सामाग्री समेत हस्तान्तरण गरिएकाे थियाे । ग्लोबल मनी विक २०२६ को “स्मार्ट मनि टक्स“भन्ने नारालाई आत्मसात गर्दै सञ्चालन गरिएकाे वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सातै प्रदेश कार्यालयका प्रदेश प्रमुख र कर्मचारीहरुले कर्णाली कर्जाको सदुपयोगीता, बचतको महत्व, आम्दानी खर्चको बजेट निर्माण, डिजिटल बैकिंङको प्रयोग, शेयर कारोवार सम्वन्धी जानकारी लगायतका वित्तीय बिषयहरुमा सहजिकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा सातै प्रदेशमा विद्यालयहरुबाट करिव ५१५ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
विश्व भर मनाइने ग्लोबल मनी विक (Global Money week 2026 )कार्यक्रमलाई नेपालमा नेपाल राष्ट्र बैंकको समन्वय तथा आह्वानमा सन् २०१२ देखी हरेक बर्ष मार्च महिनामा वित्तीय संस्थाहरुले मनाउदै आएका छन् । युवाहरुमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउनुका साथै युवाहरुमा वित्तीय ज्ञान र सीपलाई व्यावहारिक रुपमा सक्षम बनाउँदै विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गरी आर्थिक सम्वृद्धिमा सघाउ पुयाउने कार्यक्रमको उद्देश्य रहेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE