हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाण्डौ । रुकुम पूर्वमा हिमपातको कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका–१ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको हो ।
लोकमार्ग अवरुद्ध यात्रु अलपत्र परेका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वकाका अनुसार निरन्तर वर्षा र हिमपात भइरहेका कारण सडक तत्काल खुलाउन समस्या छ ।
यात्रुको उद्धारको लागि पालिकासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE