सभामुखमा यज्ञमणि न्यौपानेको नाम चर्चामा
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मत परिणामसहितको अन्तिम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरिसकेको छ ।
आयोगले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेसँगै अब नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ । यसैबीच आगामी १२ गते नवनिर्वाचित सांसदहरुको सपथ ग्रहण कार्यक्रम तय गरिएको छ । चैत १६ गते संघीय संसद बैठक बोलाउने संसद सचिवालयले तयारी समेत गरेको छ ।
अब नयाँ सरकारमा को को मन्त्री बन्ने, अनि मुख्य मुख्य पद कस्ले पाउने भन्ने चर्चा, परिचर्चा र लबिङ सुरु भइसकेको छ । प्रतिनिधि सभा निर्वाचन पछि नयाँ सरकारमा कोको भन्ने तथा संसदको महत्वपूर्ण पदमध्ये सभामुख र उपसभामुख को को हुने भन्नेमा राजनीतिज्ञ देखि सर्वसाधारण सम्मकोे समेत चासो देखिन्छ ।
यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीले करिव दुई तिहाइ बहुमतका साथ संसदमा प्रवेश गरेकाले यसभन्दा अघिका दिनमा जस्तो मिलिजुली सरकारका लागि महत्वपूर्ण पदहरु बाड्नु पर्ने बाध्यता छैन । त्यसैले सभामुख पद रास्वपाले पाउने निश्चित छ । यद्यपी हाम्रो संविधानमै व्यवस्था भएकाले उपसभामुख पद भने प्रतिपक्षले पाउने छ ।
तर, नेपालको संघीय संसद् प्रणालीमा अत्यन्तै जिम्मेवार र संवेदनशील मानिने सभामुख पदमा रास्वपाबाट यज्ञमणी न्यौपानेलाई दिनुपर्ने अवाज समेत उठ्न थालेको छ । संसद्को मर्यादा कायम राख्ने, लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्ने जस्ता जिम्मेवारी सभामुखमा रहन्छ । सभामुख जस्तो अत्यन्तै गरिमामय पदका लागि एउटा सक्षम, निष्पक्ष र अनुभवी व्यक्तित्वको खाँचो हन्छ । त्यसैले पनि अधिवक्ता तथा मोरङ १ बाट निर्वाचित रास्वपा सांसद यज्ञमणि न्यौपानेलाई सभामुख बनाउनुपर्छ भन्ने आवाज कतिपय सरोकारवालाहरुले उठाउन थालेका छन् ।
यज्ञमणी न्यौपाने लामो समय सर्वोच्च अदालतमा बहस पैरवी गरेका अधिवक्ता हुन् । नेपाल बार एसोसिएसनद्वारा गठन गरिएको न्यायपालिका पुनर्संरचना समितिले एक महत्वपूर्ण प्रतिवेदन तयार गरेको थियो । उक्त समितिमा अधिवक्ता न्यौपानेसहितका कानुन व्यवसायीहरू संलग्न थिए । उनीे लामो समयदेखि अधिवक्ताको रूपमा काम गर्दै न्याय र सत्यका पक्षमा दृढतापूर्वक उभिएका छन् । न्याय प्रणालीलाई प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन उनले निरन्तर आवाज उठाउँदै आएका छन् । उनले उठाउने विषयहरू जनसरोकारसँग जोडिएका हुन्छन्, जसले उनलाई एक जिम्मेवार र दूरदर्शी नेताको रूपमा स्थापित गरेको छ । सभामुख पदका लागि आवश्यक पर्ने निष्पक्षता, संयमता उनमा प्रष्ट रूपमा देखिन्छ । वर्तमान देशको अस्थिर राजनीतिक अवस्था र संस्थागत सुधार र समान अवसरको अपेक्षा गरिरहेको अवस्थामा, यज्ञमणी जस्ता अनुभवी र निष्ठावान युवालार्ई अघि सार्नु अहिलेको समयको माग भएकोे कतिपयको धारणा छ ।
संसद भनेको नीति निमार्णको थलो भएको र त्यसमाथि काूनका जानकार र अनुभवी व्यक्ति नै अहिले मोरङबाट जितेर आएकाले सभामुख पदमा न्यौपाने जस्ता अनुभव भएको व्यक्तिको उपस्थिति संसद्को कायैशैलीलाई अझ बलियो बनाउने विश्वास गरिएको छ । त्यसैले उनको अनुभव, निष्ठा र योगदानलाई ख्याल गर्दै, देशको हितका लागि उनलाई सभामुखको जिम्मेवारी दिनुपर्ने आवाज प्रबल बन्दै गईरहेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE