आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चैती छठ सम्पन्न

काठमाडौं । मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चैती छठ सम्पन्न भएको छ । चैती छठको चौथो एवं अन्तिम दिन आज बिहानै व्रतालु छठघाटमा पुगी जलाशयमा पसेर उदाउँदो सूर्यलाई अर्घ दिई चैती छठ पर्व सम्पन्न गर्ने परम्परा छ ।

यसअघि हिजो बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । नेपाल र भारतको मिथिला क्षेत्रमा आइतबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक शुरू भएको चार दिने चैती छठ उत्सवअन्तर्गत आइतबार व्रतालुले नहाँ खा र सोमबार खरना मनाएका थिए ।

पारिवारिक सुख, शान्ति र समृद्धिका लागि चैती छठ पर्व मनाउने गरिन्छ । यस अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x