रास्वपा सांसद अन्सारी स्कुल ड्रेस लगाएर सपथ खान पुगेपछि
काठमाडौं । रास्वपा सांसद रहबर अन्सारी स्कुलको पोशाक लगाएर सांसदको सपथ खान गएका छन् । उनी निलो सर्ट र पाइन्ट अनि पिठ्यूँमा ब्याग भिरेर संसद भवनभित्र छिर्दा सञ्चारकर्मीले घेरेका थिए ।प्राय सांसदहरु राष्ट्रिय पोशाकमा आउँदा रहबर भने फरक देखिन खोजेका हुन् ।
सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले ३५ वर्षअघि बुवाले आफूलाई विद्यालय लगेको सम्झिए ।विद्यालय पोशाक लगाएकोबारे उनले भने, ‘३५ वर्षअघि बुवाले मलाई हात समातेर विद्यालय लैजानुभएको थियो ।
आज मेरो ७४ वर्षको बुवाले मलाई संघीय संसद भवनमा ल्याउनुभएको छ । उहाँको लागि व्यक्तिगत गर्वको विषय होला । तर यो सम्पूर्ण अभिभावकका लागि मैले सम्मान गर्ने मौका पाएको छु । हाम्रो सफलता र समृद्धि विद्यालयबाट सुरु हुन्छ । आज यो खुशीको माहोलमा सबैभन्दा ठूलो अंशियार बुवा र शिक्षकहरु हुन् भन्ने सन्देश दिन चाहन्छु ।
मैले बोकेको झोला विद्यार्थीकै झोला हो । ज्ञानको झोला हो ।’
रहबर नेकपाबाट रास्वपा प्रवेश गरेका हुन् । उनले प्रत्यक्ष निर्वाचनमा बारा २ बाटजित हासिल गरेका थिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE