प्रधानमन्त्री बालेन शाह बालुवाटार प्रवेश
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाह शुक्रबार सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् ।
प्रधानमन्त्रीको शपथ लिएर सिंहदरबारमा पदबहाली गरी प्रधानमन्त्री शाह साइत पारेर बालुवाटार प्रवेश गरेका हुन् ।
प्रधानमन्त्रीको निवासको बालुवाटारमा सरकारी निवासको व्यवस्था गरिएको छ । उनी निवास छिर्नु अघि विशेष पूजापाठ गरिएको थियो ।
शाह शुक्रबार नै प्रधानमन्त्री नियुक्त भएका थिए । उनले राष्ट्रपति कार्यालयमा शपथ लिएर प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसेर निवासमा फर्केका हुन् ।य
सअघि निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार नै सरकारी निवास छाडेर निजी निवास गएकी थिइन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE