ओली पक्राउ : एमाले सचिवालय बैठक जारी
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक जारी छ । शनिबार बिहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेपछि आकस्मिक रूपमा सचिवालय बैठक बोलाइएको हो ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बसेको छ । बैठकमा अध्यक्ष बस्ने कुर्सी खाली राखिएको छ । ओलीलाई गिरफ्तार गरिएको विषयमा बैठकबाट निर्णय लिइने नेताहरूले बताएका छन् ।
शनिबारै बिहान भक्तपुरको गुन्डुस्थित निवासबाट ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE