जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले देखाए आफ्नो प्रतिभा

काठमाडौं । जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो आन्तरीक प्रतिभा देखाउने कार्यक्रम सम्पन्न भएको छ । सिजन मिडियाद्धारा आयोजना गरिएको जुनियर स्कूल प्रिन्सेस २०२५ मा सहभागी ४५ जना प्रतियोगीहरुले काठमाडौंको सिटी सेन्टर स्थित फुडकोटमा आयोजित कार्यक्रममा आफ्नो आन्तरिक प्रतिभा देखाएका हुन् ।
उक्त कार्यक्रममा जुनियर ग्रुपवाट अग्रता पाण्डे, लियोना गुरुङ, माइरा सिंह केसी, उपास्ना थपलिया, आस्मी सर्मा, आभ्या भण्डारी, काभ्या श्रेष्ठ, कृतिमा भण्डारी, मोना यादव, तनिस्का पौडेल, अमानि पाण्डे, कृष्टी कटुवाल, प्रासिया पंङगेनी र आरोसी वामले नेपाली गितमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए भने जयन्ति राईले अंग्रेजी गितमा नृत्य प्रस्तुत गरेकी थिइन् ।
त्यसै गरि सोमिया श्रेष्ठ, युश्री डंगोल, ओलीया श्रेष्ठ, खुसी राई वस्नेत, आध्या सिफलिया, एमिया गुरुङ, विदुशी अर्याल र आकाङक्षा भण्डारीले गीत गायन मार्फत आफ्नो आन्तरिक प्रतिभा देखाएका थिए । सरिष्ठा नगरकोटी, सुभाङ्गी शाह, सस्कृति राईले विभिन्न विषयमा आफ्नो धारणा राखेका थिए भने त्यसैगरी आर्या मर्हजनले बाबाको विषयमा कविता मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेकी थिइन् ।
त्यसैगरी सिनियर तर्फ तरिका खनाल, श्रीया उप्रेती, शिखा सुनुवार, प्रर्नश्री सिंह, इभा मर्हजन, सिवानी स्याङतान, सिभान्सी गिरी, आकाक्षां भट्टराई, परि गुरागाई, छिरिङ डोल्मा गुरुङ, आर्या गुरुङ, र्यास्ना राई, अनिसा सुवेदी, छेम्वी राई र अनुश्री बुढाथोकीले पनि नृत्य मार्फत आफ्नो आन्तरिक कला प्रस्तुत गरेका थिए । मान्यता केसीले आफ्नो स्कुलको बारेमा वोलेकी थिइन् भने प्रकृति दानीले देशको वारेमा आफ्नो विचार व्यक्त गरेकी थिइन् । त्यस्तै सुहाना मगरले अंग्रजी गीत गाएर आफ्नो आन्तरिक प्रतिभा देखाएकी थिइन् ।
उक्त कार्यक्रममा निर्णायक मंण्डलमा वरिष्ठ नृत्य निर्देशक राजेन्द्र राई, कलाकार तथा निर्देशक आराध्य लक्ष्मि खड्गी, मोडल तथा जुम्वा प्रशिक्षक सोनाम केसी, मिसेस व्यूटी क्वीन नेपालकी विजेता तथा व्यूटिसियन लसता शाक्य र एसइइ प्रिन्सेस विजेता प्राप्ती श्रेष्ठ रहेका थिए ।
उक्त प्रतियोगिताको अन्तिम प्रतिष्प्रर्धा आगामी बैसाख ८ गते राष्ट्रिय नाचघर जमलमा हुने आयोजक सस्थाकी कार्यक्रम निर्देशक रेजीना तुलाधरले जानकारी दिइन् । बागमती टेलिभिजन एचडीले कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्नेछ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE