शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

खाडी मुलुकमा युद्धको मारमा परेका नेपालीहरुलाई तत्काल स्वदेश फर्काउ राष्ट्रिय सभाका सांसदहरुको माग

काठमाडौं। राष्ट्रिय सभाका सांसदहरुले मध्यपूर्वको युद्धमा फसेका नेपालीको उद्धार देखि खाना पकाउने ग्यासको तत्काल व्यवस्था मिलाउन समेत सरकारसँग माग गरेका छन् ।राष्ट्रिय सभाको आइतबारको बैठकमा सांसदहरुले उनिहरुले विदेशमा रहेका नेपालीहरू स्वदेश फर्कन चाहेकाले सरकारले त्यसमा पनि उचित कदम चाल्नुपर्ने बताएका हुन् ।राष्ट्रियसभा सदस्य उदयबहादुर बोहराले अमेरिका, इजरायल र इरान युद्धको मारमा परेका खाडी मुलुकमा रहेका नेपालीहरूलाई तत्काल स्वदेश फर्कने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

आइतबार बसेको राष्ट्रियसभा बैठकमा उनले अमेरिका, इजरायल र इरान युद्धका कारण खाडी मुलुकमा रहेका नेपालीहरूको जीवन जोखिममा परेकाले उनीहरूलाई स्वदेश फर्काउने र उनीहरूको सुरक्षाको सुनिश्चित गराउने जिम्मेवारी सरकारको रहेको बताए । सांसद बोहराले विदेशमा रहेका नेपालीहरू स्वदेश फर्कन चाहेकाले सरकारले त्यसमा पनि उचित कदम चाल्नुपर्ने बताए ।राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले खाना पकाउने ग्यासको तत्काल व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन् ।

उनले खाना पकाउने ग्यासको हाहाकार भएको उल्लेख गरिन् । त्यसको तत्काल व्यवस्था मिलाउन सरकारलाई दबाब दिएकी हुन् ।सांसद राईले उपभोक्ताले पैसा तिरेपछि खाना पकाउने ग्यास पाउनुपर्ने बताइन् । त्यसको व्यवस्था अझै नभएको भन्दै उनले सरकारको आलोचना समेत गरिन् ।राष्ट्रियसभा सदस्य शुरेशकुमार आलेमगरले विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरे । सो निर्णय पञ्चायतकालीन निरंकुश तानाशाही व्यवस्थाको झल्को दिएको जिकिर गर्दै उनले तत्काल सो निर्णय खारेज गर्न सरकारलाई सचेत गराए ।

सांसद आलेमगरले कुनैपनि राजनीतिक दलमा संगठनहरु आवद्ध हुने कुरा संविधान र कानूनसम्मत हुने भएकाले सरकारले त्यसलाई प्रतिबन्ध लगाउने काम गर्न नमिल्ने तर्क समेत गरे ।यस्तै राष्ट्रिय सभाको आईतवार बसेको बैठकमा राष्ट्रिय महिला आयोगको आव २०८१÷८२ को वार्षिक प्रतिवेदन पेश भएको छ । प्रधानमन्त्री बालेन्द्रै साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो प्रतिवेदन पेश गरेकी हुन् । संवैधानिक व्यवस्था अनुसार सो आयोगको प्रतिवेदन संघीय संसदमा पेश गर्नुपर्ने हुन्छ । राष्ट्रिय सभाको अर्को बैठक चैत्र २३ गते दिउँसो १२ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x