सोमवार, बैशाख ७, २०८३
Monday, April 20, 2026

निजामति विधेयक पारित गर्न राष्ट्र निर्माण दलका अध्यक्ष अन्सारीको माग

काठमाडौँ ।राष्ट्र निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारीले संघिय निजामति विधेयकलाई संसदबाट पारित गर्ने व्यवस्था मिलाउन सभामुखसँग माग गर्नुभएको छ । अन्सारीले सोमवार सभामुख डोलप्रसाद अर्याललाई भेटेर निजामती विधेयकलाई पारित गर्न माग गरेका हुन् ।

संविधान जारी भएको करिव ११ वर्ष बितिसक्दा पनि निजामतिसम्बन्धी ऐन बन्न नसक्दा मुस्लिम तथा थारु समुदायका युवा अवसरबाट वञ्चित हुनुपरेको उनको भनाइ छ । उनले संसदबाट विधेयक पारित नहुँदा मुस्लिम समुदाय र थारु समुदाय राज्यका अवसरबाट अझै पनि वञ्चित भइरहेको बताए । लोकसेवा आयोगको फारम भर्ने प्रक्रियामा समेत मुस्लिम वा थारु क्लस्टरको व्यवस्था नभएको उनको भनाई छ । सभामुखलाई उक्त विधेयकलाई प्राथमिकतामा राखी तत्काल पारित गर्न ध्यानाकर्षण गराएको जानकारी दिए ।

अन्सारीले निजामति विधेयक पारित भएमा उत्पिडनमा परेका मुस्लिम तथा थारु विद्यार्थीले लोकसेवामा सहज रुपमा भाग लिन पाउने बताए । सभामुख अर्यालले बाँकी रहेका कानून निर्माणका कामलाई तिब्रता दिने प्रतिवद्धता जनाएउनुभएको उहाँले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x