शनिबार, बैशाख १२, २०८३
Saturday, April 25, 2026

‘फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२६’ प्रदर्शनी काठमाडौंमा शुरु

काठमाडौं । आतिथ्य तथा खाद्य उद्योगसँग सम्बन्धित व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले ‘फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२६’ प्रदर्शनी काठमाडौंमा शुरु भएको छ ।

ग्लोवल एक्स्पोजिसन एण्ड म्यानेजमेन्टले आयोजना गरेको ११ औँ संस्करणको मेला बिहीबारदेखि शुरु भएको हो । मेलामा खाद्य तथा पेय पदार्थ, होटल तथा रेष्टुरेण्ट व्यवस्थापन, किचन उपकरण, सप्लाई चेन, आतिथ्य सेवा लगायत क्षेत्रसँग सम्बन्धित कम्पनी, उद्यमी र सरोकारवालाहरूको सहभागिता छ । आयोजकका अनुसार प्रदर्शनीले स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्राण्डलाई एकै ठाउँमा ल्याउँदै नयाँ प्रविधि, सेवा र उत्पादनहरूको प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ । प्रदर्शनीकर्ता दिप थापाले आफूले वेभरेजसम्बन्धि स्टल राखेको जानकारी दिए । मेलामा धेरै जनाको भेला हुँदा आफूहरुको व्यापारमा समेत प्रवद्र्धन हुनेमा प्रदर्शनकर्ताको विश्वास छ ।

मेला शनिवारसम्म चल्नेछ । मेलाले उद्योगी–व्यवसायीबीच नेटवर्किङ, साझेदारी र लगानीका सम्भावना खोज्ने प्लेटफर्मका रूपमा समेत कार्यक्रम महत्वपूर्ण हुने विश्वास गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x