राष्ट्रपतिले जारी गरे ६ अध्यादेश, दुई वटा अध्ययनकै चरणमा
काठमाडौं। सरकारले सिफारिस गरेका विभिन्न ८ वटा अध्यादेशमध्ये राष्ट्रपति रामचन्द्र पौडेलले ६ वटा अध्यादेश जारी गरेका छन् ।शनिबार अपराह्न राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले थप तीन वटा अध्यादेश जारी गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
सरकारले गरेको सिफारिसका आधारमा संविधानको धारा धारा ११४ को उपधारा १ लाई आधार बनाएर पछिल्ला तीन दिनमा राष्ट्रपति पौडेलले ६ वटा अध्यादेश जारी गरेका हुन् ।राष्ट्रपति कार्यालय स्रोतका अनुसार, अन्य दुईवटा अध्यादेश भने अध्ययनकै क्रममा छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथि राष्ट्रपति पौडेलको चासो छ । यसअघिका सरकारबाट पनि पटकपटक सिफारिस भएको यो अध्यादेश जारी गर्ने वा नगर्ने भन्नेबारे अन्योल भएपछि पौडेलले कानुनविद्हरूसँग पनि छलफल गरेका थिए ।प्रधानमन्त्री बालेन शाहसँग परामर्श गरेर अघि बढ्ने सुझाव कानुनविद्हरूले दिए पनि यसको ठोस निष्कर्षमा भने राष्ट्रपति पौडेल पुगेका छैनन् ।राष्ट्रपति कार्यालय स्रोतका अनुसार, संवैधानिक परिषद्सम्बन्धी अधयादेश भने आजको निर्णय भएको सूचीमा छैन ।त्यस्तै, केही नेपाल ऐनलाई संशोधन गर्न भन्दै सिफारिस भएको अध्यादेशमाथि पनि राष्ट्रपतिले छलफल गरिरहेका छन् ।
‘संवैधानिक परिषद् र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश छलफलकै चरणमा छ,’ स्रोतले भन्यो, ‘केही नेपाल ऐनमा २५ बढी कानुन संशोधनका लागि सिफारिस भएको छ ।’
राष्ट्रपति कार्यालयबाट पछिल्ला तीन दिनमा ६ वटा अध्यादेश जारी भएका छन् ।राष्ट्रपति कार्यालयबाट १७ वैशाख ९बिहीबार० सार्वजनिक खरिद ९दोस्रो संशोधन० अध्यादेश, २०८३, सहकारी ९पहिलो संशोधन० अध्यादेश, २०८३ जारी भएको थियो । त्यस्तै, १८ वैशाख ९शुक्रबार० सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ० निवारण ९तेस्रो संशोधन० अध्यादेश २०८३ जारी भएको थियो ।आज १९ वैशाख, शनिबार० भने एकैसाथ तीन वटा अध्यादेश जारी भएको हो । स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, ०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३ शनिबार दिउँसो जारी भएको हो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE