आइतवार, बैशाख २७, २०८३
Sunday, May 10, 2026

तीन प्रदेशमा भारी वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह

काठमाडौँ । आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना, आवश्यक सर्तकता अपनाउन मौसम विभागको आग्रह ।आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक, दुुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको हो ।

दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक, दुई ठाउँमा तथा राति लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हिमाली, पहाडी र तराईका केही ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी, असिना सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गएराति पनि गण्डकी प्रदेशदेखि पूर्वका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । विशेषगरी गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी तथा हिमाली भेगमा मध्यमसम्मको वर्षा भएको महाशाखाले जनाएको छ । महाशाखाले प्रिमनसुनको समयमा जुनसुकै बेला वर्षा, चट्याङ, हावाहुरी र असिना पर्न सक्ने भएकाले सचेत रहन आग्रह गर्दै आएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x