लिपुलेक नेपाली भूमि हो, भारतले अस्वीकार गर्न मिल्दैनः हर्कराज राई
काठमाडौं।लिपुलेक नेपालको हो भन्ने तथ्य अस्वीकार गर्ने भारत सरकारको वक्तव्यप्रति श्रम शक्ति पार्टीका अध्यक्ष हर्कराज राईले आपत्ति जनाएका छन्। सोमवार काठमाडौंको थापाथलीस्थित सरकारले हटाएको सुकुम्बासी बस्तीमा पुग्नुभएका उहाँले सञ्चारकर्मीहरुले जिज्ञासा राखेपछि लिपुलेक नेपाली भूमि भएकाले भारत सरकारले त्यसो भन्न नमिल्ने बताएका हुन ।
भारत सरकारको विदेश मन्त्रालयले सो भूमि नेपालको हो भन्ने दाबी अनुचित र प्रमाणमा आधारित नभएको टिप्पणी गरेको थियो । अध्यक्ष राईले सुघौली सन्धीले सो भूमि नेपालको हो भन्ने तथ्य उजागर गरेकाले भारत सरकारले त्यसो भन्न नमिल्ने तर्क गरे । उनले भारतमा विगतमा पनि यस्तै भन्दै आएको भन्द असन्तुष्टि व्यक्त गरेका छन् ।
सरकारले सुकुम्बासी बस्ती डोजर चलाएर हटाउने काम गरेपछि प्रतिपक्ष श्रम शक्ति पार्टीले त्यसको विरोध गर्दै देशभर आन्दोलनमा जाने चेतावनी दिएको छ । पीडितको अवस्था बुझेर सो सम्बन्धि आन्दोलनलाई चर्काउने भन्दै अध्यक्ष राई सरकारले हटाएको सो बस्तीको अनुगमनको कामलाई शुरु गरेका छन्।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE