सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

लोकतन्त्रको सुदृढीकरणका लागि मर्यादित र जिम्मेवार पत्रकारिता आवश्यकः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा लोकतन्त्रको सुदृढीकरण र नागरिकको सुसूचित हुने अधिकारको रक्षाका लागि मर्यादित एवं जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको बताएका छन् ।राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो धारणा व्यक्त गरेका हुन् ।

वि.सं. १९५८ मा गोरखापत्रको प्रकाशन शुरु भएको ऐतिहासिक दिन वैशाख २४ गतेलाई स्मरण गर्दै राष्ट्रपतिले देशभरका सञ्चारकर्मीहरूमा शुभकामना व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले ‘वरिष्ठ पत्रकार सम्मान’ तथा ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत पत्रकारहरूलाई सम्मान गर्दै उनीहरूको योगदानको उच्च प्रशंसा गरे । अग्रजहरूको साधनाले नयाँ पुस्तालाई व्यावसायिक निष्ठा र सत्यको मार्गमा लाग्न सधैँ उत्प्रेरित गर्ने विश्वास उनले व्यक्त गरे ।

नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनमा पत्रकारिता जगतले खेलेको भुमिका उल्लेखनीय रहेको उनको भनाइ छ । सञ्चारकर्मीहरूको सुरक्षा र वृत्तिविकासका विषयमा चर्चा गर्दै राष्ट्रपतिले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार सङ्कलन एवं संप्रेषण गर्ने अवस्था सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताए ।

साथै, श्रमजीवी पत्रकारहरूको हकहित र सञ्चार गृहहरूको आर्थिक दिगोपनका लागि सरकार र निजी क्षेत्रबिच प्रभावकारी समन्वय हुनुपर्ने उनको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x