सर्लाहीको हरिपुरमा इँट्टा निकाल्ने क्रममा थिचिएका तीन जनाको ज्यान गयो, दुई जना घाइते
काठमाडौं। सर्लाहीको हरिपुरमा इँट्टा निकाल्नेक्रममा थिचिएका तीन जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । हिजो बेलुका हरिपुर नगरपालिका–५, मजुर्वा गाउँमा रहेको कृष्ण इँट्टा उद्योगमा इँट्टा निकाल्ने क्रममा इँट्टाको चाङले थिचिएर तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सर्लाहीको गोडैता नगरपालिका–७ रामवनका ५० वर्षीय फिताइ मन्सुर, गोडैता नगरपालिका–९ का ३५ वर्षीय शम्भु राउत र भारतको लखिमपुरका ३५ वर्षीय अङ्गद कुमारको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिएका छन्।
घाइते भएका मलङ्गवा नगरपालिका–७ का ३२ वर्षीय तुलसी महतोको प्रादेशिक अस्पताल मलङ्गवामा र मलङ्गवा नगरपालिका–७ का ५२ वर्षीय सत्यनारायण महतोको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE