सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

आज विश्वासको मत लिँदै मुख्यमन्त्री यादव

काठमाडौं। मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।बिहीबार राति नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाबीच भएको सहमतिअनुसार सरकारलाई निरन्तरता दिन मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

यसअघि गत वैशाख २२ गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो। त्यसपछि जेठ १ गते मुख्यमन्त्री यादवले लिएको विश्वासको मत असफल भएको थियो । नेपाली कांग्रेसभित्रै ‘फ्लोर क्रस’ हुने आशंकाका कारण सरकारले त्यसबेला विश्वासको मत लिनबाट पछि हटेको थियो ।

त्यतिबेला सरकारलाई जसपा नेपाल, नेकपा र नेपाली कांग्रेसको समर्थन रहेको थियो। तर बिहीबार राति एमाले सरकारमा सहभागी हुने सहमति भएपछि मधेश सरकारको समीकरण फेरिएको हो। नयाँ समीकरणअनुसार अब एमाले, कांग्रेस र नेकपाको संयुक्त सरकार बनेको छ ।आज दिउँसो १ बजे प्रदेश सभा बैठक डाकिएको छ ।हाल मधेश प्रदेशसभामा १०२ सदस्य कायम छन् । प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २४, जनमत पार्टीका १२, नेकपाका १५, जसपा नेपालका २६ तथा नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका १, १ सांसद छन् ।।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x