नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य निर्वाचित
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआई को वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन्। आज भएको निर्वाचनबाट उहाँ निर्वाचित भएका हुन।
महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणामअनुसार वैद्यले ५६ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका प्रतिष्पर्धी रामचन्द्र सांघईले ३० मत प्राप्त गरे । त्यसैगरी, महासंघको कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी भए ।
प्रधानले ६१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी अम्बिकाप्रसाद पौडेलले २५ मत प्राप्त गरे।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE