दरबार हत्याकाण्डको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न माग
काठमाडौं । स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले नारायणहिटी दरबार हत्याकाण्डको सत्यतथ्य छानविन गरी सार्वजानिक गर्न माग गरेको छ ।
प्रतिष्ठानले मंगलवार स्वर्गीय राजा वीरेन्द्र विरविक्रम शाहदेवको २५ औँ स्मृतिसभाको आयोजना गरि दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजानिक गर्न माग गरेको हो । दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा हुँदासम्म घटनाको निष्पक्ष छानबिन हुनु नसक्नु दुर्भाग्यपूर्ण रहेको प्रतिष्ठानका महासचिव रञ्जित धमलाले बताए । २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्ड नेपालको इतिहासकै अत्यन्त दुःखद् र रहस्यमय घटनामध्ये एक भएको उनले बताए। राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारका १० सदस्यको ज्यान गएको उक्त घटनाको वास्तविकता अझै जनतासामु आउन नसक्नु राज्यको गम्भीर कमजोरी भएको उनको भनाइ । उनले दरबार हत्याकाण्ड भएको दिनलाई नेपालको इतिहासमा ‘कालो दिन’का रूपमा औपचारिक रूपमा दर्ज गर्नसमेत सरकारसँग माग गरे।
उनले भने, ‘आज दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएको छ । २५ वर्ष हुँदासमेत दरबार हत्याकाण्ठको सथ्य तथ्य छानविन गरि वास्तविकता सार्वजनिक हुन नसक्नु विडम्बना हो । प्रतिष्ठान तत्काल दरबार हत्याकाण्ठको सथ्य तथ्य छानविन गरि वास्तविकता सार्वजनिक माग गर्दछ । राजा वीरेन्द्रको २५औं स्मृत सभा गरिरहँदा हामी भावुक पनि भएका छौं । हामीलाई टुहुरो भएको महशुस भएको छ । हामी देश तथा विदेशमा रहेका प्रत्येक नेपालीले उहाँको योगदान र त्यागलाई कहिल्य भुल्न सक्दैनौँ । २०५८ जेठ १९ गते दरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारका १० सदस्यको हत्या गरिएको घटना थियो । यसलाई नेपालको इतिहासमा कालो दिनको रुपमा लिने गरिन्छ । यस दिनलाई कोलो दिनको रुपमा दर्ज गर्न प्रतिष्ठान सरकारसँग माग गर्दछ ।’
नेपाललाई ‘शान्ति क्षेत्र’ घोषणा गर्ने प्रस्तावमार्फत राजा वीरेन्द्रले अन्तर्राष्ट्रिय स्तरमा शान्तिप्रेमी नेतृत्वको पहिचान स्थापित गरेको उल्लेख गर्दै उक्त प्रस्तावलाई ११६ राष्ट्रले समर्थन गरे पनि केही राष्ट्रको असहमतिका कारण कार्यान्वयन हुन नसकेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले राजा वीरेन्द्रको ‘शान्ति क्षेत्र’
प्रस्तावलाई पुनर्जीवित गर्न तथा देशमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार र सरोकारवाला निकायलाई आवश्यक पहल गर्न आग्रह गरेको छ । राजा वीरेन्द्रको २५औँ स्मृति दिवसका अवसरमा प्रतिष्ठानले जावलाखेलको वीरेन्द्र चोकमा विशेष कार्यक्रम आयोजना गरेको थियो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE