२०८२ साल फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले २०८२ साल फागुन २१ को निर्वाचनमा नेपालको इतिहासमा विशेष रुपमा अंकित हुने बताएका छन्।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उनले उक्त कुरा बताएका हुन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उक्त निर्वाचन विद्रोहपछि निर्धारित ६ महिनाभित्र शान्तिपूर्ण रुपमा सम्पन्न हुनसक्नु चानचुने उपलब्धि भएको पनि उल्लेख गरे। उनले नेपालको उक्त निर्वाचनलाई विश्वभरबाट सुक्ष्म ढंगले अध्ययन, विश्लेषण गरेर नियाली रहेको र विद्रोहपछि ६ महिनाभित्र निर्वाचन सम्पन्न हुँदो रहेछ भन्नेमा विश्वस्त भएको दाबी समेत गरे। निर्वाचनप्रति प्रारम्भिक संशय, निषेधको राजनीति, सुरक्षा व्यवस्था सम्बन्धि चुनौति तथा निर्वाचनको वातावरण निर्माणसँग सम्बन्धित विभिन्न जटिलताका बाबजुद आयोगले संविधान र कानूनले दिएको जिम्मेवारी केन्द्रमा राखि सबै सरोकारवाला पक्षहरुसँग निरन्तर समन्वय र सम्वाद गर्दै निर्वाचन सम्पन्न गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाई छ ।
उनले भने,‘निर्वाचनप्रति प्रारम्भिक संशय, निषेधको राजनीति, सुरक्षा व्यवस्था सम्बन्धि चुनौति, तथा निर्वाचनको वातावरण निर्माणसँग सम्बन्धित विभिन्न जटिलताका बाबजुद आयोगले संविधान र कानूनले दिएको जिम्मेवारी केन्द्रमा राखि सबै सरोकारवाला पक्षहरुसँग निरन्तर समन्वय र सम्वाद गर्दै निर्वाचन सम्पन्न गरेको हो । नेपालको राजनीति तथा निर्वाचनको इतिहासमा गत वर्ष फागुन २१ गते सम्पन्न निर्वाचन विशेष रुपमा अंकित हुने अवस्था बनेको छ । विद्रोहपछि निर्धारित ६ महिना भित्र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न हुनसक्नु चानचुने उपलब्धि होइन । नेपालको यो निर्वाचनलाई विश्वभरबाट सुक्ष्म ढंगले अध्ययन, विश्लेषण गरेर नियाली रहेको र विद्रोहपछि ६ महिना भित्र निर्वाचन सम्पन्न हुँदो रहेछ भनेर विश्वस्त भएको अवस्था र स्थिति पनि हो । आयोगले उपलब्ध स्रोत साधनको अधिकत उपयोग गर्दैै निर्वाचनलाई मितव्ययी, प्रभावकारी, व्यवस्थिति रपमा सञ्चालन गर्न सफल भएको छ ।’
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन मितव्ययी रुपमा सम्पन्न गराउन पनि आयोग सफल भएको जिकिर गरे।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE