शनिबार, असार ६, २०८३
Saturday, June 20, 2026

इजरायलको आक्रमणमा परि लेबनानी सेनाका उच्च अधिकारीसहित कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित कम्तीमा १२ जनाको ज्यान गएको छ ।

अमेरिकाको मध्यस्थतामा दुई देशबीच सशर्त युद्धविरामको सहमति भएको केही दिनमै इजरायलबाट ठूलो आक्रमण भएको हो । लेबनानको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत इजरायली आक्रमण खर्दाली–नबातीएह क्षेत्रलाई लक्षित गरी भएको जनाएको छ । सुरक्षाकर्मी चढेको एउटा गाडीमा भएको आक्रमणमा सेनाका उच्च अधिकारीले पनि ज्यान गुमाएका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

इजरायली सेनाले यो आक्रमण ‘सक्रिय युद्ध क्षेत्र’मा भएको दाबी गरेको छ । यो क्षेत्रमा आवतजावतका लागि इजरायली सेनासँग समन्वय आवश्यक पर्ने उसको भनाइ छ । लेबनानका राष्ट्रपति जोसेफले आक्रमणको निन्दा गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x