बिहिबार, असार ३२, २०८३
Thursday, July 16, 2026

परिवर्तन पर्खने नभई सचेत प्रयासबाट छिटो प्राप्त गरिने विषय होः अध्यक्ष ओली

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा ठोस परिवर्तनका लागि सचेत र संगठित प्रयास आवश्यक रहेको बताएका छन् ।

शनिवार ललितपुरमा आयोजित नेकपा (एमाले) ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तनको प्रतिक्षा गरेर मात्र नबस्न कार्यकर्ताहरूलाई आह्वान गरेका हुन्। अध्यक्ष ओलीले वर्तमान समय सूचना प्रविधिको युग भएको चर्चा गर्दै यसलाई ‘प्रचार र आइटी वार’ को संज्ञा दिए। पछिल्लो समय प्रविधिको दुरुपयोग गर्दै कुप्रचारलाई ‘अल्गोरिदम’ का रूपमा विकास गरेर भ्रम फैलाउने काम भइरहेको उनको भनाइ छ । समय गतिशील र परिवर्तनशील भएपनि प्राकृतिक रूपमा हुने परिवर्तनको गति अत्यन्तै ढिलो हुने उनले बताए । विकास र रूपान्तरणका लागि सचेत मानवीय प्रयास अपरिहार्य रहेको उल्लेख गरे। वर्तमान सरकारप्रति लक्षित गर्दै अध्यक्ष ओलीले यो सरकार ‘चटक’ को भरमा आएको र ‘चटक’ कै भरमा जाने दाबी गरे। सरकार ढल्ने परिस्थिति स्वतः सिर्जना हुने भएपनि मुलुकलाई थप क्षति हुनबाट जोगाउन सचेत हस्तक्षेप जरुरी रहेको उनले स्पष्ट पारे।

अध्यक्ष ओलीले भने, ‘आजको जमाना सूचना प्रविधि (आईटी) को हो । आजको जमाना आईटी युद्धको हो । आजको जमाना प्रचारको हो । हामीले यति धेरै काम ग¥यौँ, तर त्यसलाई पर्याप्त रूपमा प्रचार गर्न सकेनौँ । जसले कामै गरेन । ऊ विनाशको एजेण्डा लिएर आयो र प्रचारमा अगाडि बढ्यो । यसको अर्थ के हो भने, योजनावद्ध रूपमा कुप्रचार चलाइयो र त्यसलाई एल्गोरिदमका रूपमा विकास गरियो। कुप्रचार एल्गोरिदममार्फत फैलियो र एल्गोरिदमले मानिसहरूलाई त्यसमा विश्वास गर्न बाध्य बनायो । त्यसकारण यसमा अलमलिइरहने होइन । हामी यो अवस्थासम्म आइपुग्यौँ भन्दैमा यहीँ रोकिने पनि होइन । समय गतिशील छ, परिवर्तनशील छ । परिवर्तन आफैँ पनि हुन्छ, तर त्यो धेरै ढिलो हुनसक्छ । त्यसैले परिवर्तनका लागि सचेत प्रयास गर्नु, सचेत पहल गर्नु र त्यसका लागि योजनाबद्ध रूपमा काम गर्नु अत्यन्तै वाञ्छनीय हुन्छ । हामीले विकासवादी सिद्धान्तका आधारमा विकास त हुँदै जान्छ, परिवर्तन पनि हुँदै जान्छ भन्ने बुझाइ राख्न सक्छौँ । अहिलेको सरकारलाई कसैले नढाले पनि त्यसभित्र आफैँ ढल्ने तत्वहरू पैदा हुन्छन्। अनेक कारणले त्यो ढल्न सक्छ र जुन चटकका भरमा आएको हो, त्यही चटकका भरमा जान पनि सक्छ । तर हामी त्यसैको प्रतीक्षामा बस्यौँ भने, त्यसले देशलाई बर्बाद गरिसकेको हुनेछ, लोकतन्त्रलाई बर्बाद गरिसकेको हुनेछ, हामीलाई बर्बाद गरिसकेको हुनेछ, र जनतालाई पनि ठूलो क्षति पु¥याइसकेको हुनेछ । अनि हामी भने परिवर्तन कहिले हुन्छ भनेर पर्खिरहेका हुनेछौँ । त्यसकारण परिवर्तन पर्खिने विषय होइन; परिवर्तन सचेत प्रयासबाट छिटो ल्याइने विषय हो । क्रान्ति भनेको पनि त्यही हो । सचेत प्रयासद्वारा छिटो, गुणात्मक फड्को मारेर गरिने परिवर्तन हो । हामीले भनेको परिवर्तन त्यही हो । त्यस परिवर्तनतर्फ हामीले आफ्नो प्रशिक्षण र अभियानलाई अगाडि बढाउनुपर्छ ।’

क्रान्ति भनेकै फड्को मारेर गरिने सचेत परिवर्तन भएको उल्लेख गर्दै उनले पार्टीको आगामी प्रशिक्षण र अभियानहरूलाई सोही दिशामा केन्द्रित गर्नुपर्नेमा जोड दिए । सचेत प्रयत्नबाट मात्रै मुलुकले खोजेको गति र प्रगति हासिल गर्न सकिने उनको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x