बिहिबार, असार ३२, २०८३
Thursday, July 16, 2026

सुर्खेत, दैलेख र अछाममा बाढीको जोखिम

काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले सुर्खेत, दैलेख र अछामसहित आसपासका नदी तथा खोलामा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

गए राति पनि सुर्खेत, दैलेख, अछामसहित देशका सबैजसो क्षेत्रमा पानी परेको थियो । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा लेदोसहित बाढी आएको छ । बाढीका कारण एक महिलाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । केही दिनयता देशभर मनसुन सक्रिय भएकाले वर्षा हुने क्रम बढेको छ ।

काठमाण्डौ उपत्यकामा गए राति लगातार वर्षा भए पनि बिहान देखि पानी पर्ने क्रम रोकिएको छ । आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक÷दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । आज राति पनि सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक÷दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकाले त्यस क्षेत्रका नदी–नाला आसपास र पहिरोको जोखिम भएका स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x