बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

बाढी–पहिरोमा मृत्यु हुनेको संख्या १०२ पुग्यो, ६४ जना बेपत्ता

काठमाडौं । गत बिहीबारदेखि परेको अविरल वर्षाको कारण आएको बाढीपहिरो र डुबानमा परी हालसम्म १०२ जनाको मृत्यु भएको छ, भने ६४ जना बेपत्ता भएका छन् । विपद्मा परी ४५ घाइते भएका छन् ।

बाढी पहिरोमा परी ललितपुर, धादिङ, काठमाडौँ, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, सोलुखुम्बु, पाँचथर, भक्तपुर, दोलखा, सिन्धुली, धनकुटा, महोत्तरी, रामेछाप, झापा, उदयपुर , इलाम, सप्तरी र नुवाकोटमा मानवीय क्षति भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x