झयाप्लेखोलाबाट निकालियो थप ७ वटा शव, तीनवटा बसपछि भेटियो माइक्रो बस

काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका–९, झयाप्लेखोलामा गएको पहिरोमा तीनवटा ठूला बस निकाल्ने क्रममा अर्को एउटा माइक्रोबस पनि पुरिएको अवस्थामा भेटिएको छ ।
त्यही पहिरोमा पुरिएका तीनवटा बस निकाल्ने क्रममा माइक्रोबस पनि फेला परेको हो । धुनिबेँसी नगरपालिका ९ नम्बर वडाका वडासदस्य विक्रम रानाका अनुसार घटनास्थलबाट हालसम्म ७ जनाको शव निकालिएको छ ।
घटनास्थलमा खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल आर्मीलगायतको टोलीले शव निकालिरहेको वडासदस्य रानाले बताए । ती शव गोरखाबाट काठमाडौँतर्फ गइरहेको बस र चितवनबाट काठमाडौँका लागि छुटेको माइक्रोमा सवार यात्रुको हुनसक्ने आशंका गरिएको छ ।
तर हालसम्म दुवै सवारीसाधनको नम्बर भने पत्ता लागिसकेको छैन । बस र माइक्रोका थोरै भाग मात्र देखिएको प्रहरीले जानकारी दिएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE