बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

माछापुच्छ्रे बैंक स्थापनाको २४ वर्ष पुरा, सामाजिक उत्तरदायित्वमा जोड दिएर उत्सव मनाउँदै

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोेत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूसहित भव्य रूपमा मनाइरहेको छ । बैंकले ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ बैंकले असोज महिनालाई वार्षिकोसत्व अभियानको रुपमा लिएको हो ।

यसै अवसरमा बैंकले असोज १८ गते केन्द्रीय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुमा केक काटेर हर्षकासाथ वार्षिकोत्सव मनाएको छ । हरेक वर्ष असोज १७ गतेलाई वार्षिकोत्सव दिनको रुपमा मनाउँदै आएको छ । यसअनुसार देशभर रहेका विभिन्न शाखाहरुमार्फत संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत सहयोगका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ ।

यसअन्तर्गत बैंकले वृद्धाश्रम तथा बालमन्दिरहरूमा सहयोग, वृक्षरोपण, वित्तीय साक्षरता प्रवद्र्धन कार्यक्रम जस्ता सामाजिक उत्तरदायित्वमा केन्द्रित गतिविधिहरू सञ्चालन गरिरहेको जनाएको छ ।

केही दिनअगाडि मात्रै आएको बाढी पहिरोमा परी विस्थापित भएका काभ्रे जिल्लाको रोशी गाउपालिका १ र २ का बाढी पहिरो पिडित घरपरिवारलाई २०० थान ब्लाङ्केट बैंकले प्रदान गरेको छ ।

बाढी पहिरोका कारण विभिन्न स्थानहरुमा बाटो अवरुद्ध हुदाँ बैंकले उक्त ब्लाङ्केटहरु रोशी गाँउपालिकाका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरेको हो । यस लगायत बैंकका विभिन्न शाखा कार्यालयहरुको माध्यमबाट स्थानिय तहमा आवश्यक विभिन्न सामाजिक कार्यमा सहभागी हुँदै आएको छ ।

यसैगरी बैंकले २४औँ वार्षिकोत्सवको अवसर पारेर ग्राहक लक्षित विभिन्न अफरहरु सञ्चालनमा ल्याएको छ । बैंकले असोज १ देखि ३० गतेसम्म बैंकको मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहक महानुभावहरुलाई विशेष छुटको योजना ल्याएको छ ।

यसअन्तर्गत बैंकको डेबिट कार्ड लिने ग्राहकहरुले कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यसपछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गरिरहेको छ ।

बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधीको लागि एकमुष्ट २ हजार ४०० रुपैयाँमा प्रदान गरिरहेको छ । साथै बैंकले मोबाइल बैंकिङ्ग सेवाको सदस्यता शुल्कमा वार्षिक ५० प्रतिशतसम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४ प्रतिशतसम्मको छुट प्रदान गर्ने जनाएको छ।

बैंकका १६५ शाखा कार्यालय, २०१ एटीएम, १११ शाखारहित बैंकिङ्ग सेवा, १२ एक्सटेन्सन काउन्टर रहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x