शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

दशैँमा घर जाने चटारो (फोटो फिचर)

काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमी आउन मात्र दुई दिन बाँकी छ । विजया दशमीका दिन नेपालीहरु आफू भन्दा अग्रजबाट टिका, जमरा लगाएर आशिर्वाद लिने गरिन्छ । जसका लागि आजसम्म काठमाडौं उपत्यकासहित देशभरका शहरी क्षेत्रबाट घर फर्किनेहरुको लर्को छ ।

काठमाडौं उपत्यका लाखौँले छोडिसकेका छन् । रोजगारीको सिलसिलामा शहर पसेकाहरु पनि दशैँको अवसरमा हर्षोल्लासपूर्वक मनाउन गाउँ फर्किरहेका छन् । काठमाडौंको नयाँ बसपार्क, कोटेश्वर, कलंकी लगायतका स्थानहरुमा यात्रुहरुको चाप धेरै देखिन्छ ।

टिका आउन अब मात्रै भोलिको दिन बाँकी रहेकाले पनि मानिसहरु घर फर्किने क्रम बाक्लिँदै गएको छ । साथै काठमाडौं उपत्यकामा भने सवारीसाधन कम केही कम देखिन्छ । काठमाडौंका सडकहरुमा बिस्तारै सवारीसाधन पातलिँदै गएका छन् । बसपार्कमा घर जाने र टिकट काट्नेहरुको लाम भने बाक्लो छ । न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका केही तस्बिरहरु ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x