बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज कस्तो हुनेछ मौसम ? यस्तो छ पूर्वानुमान

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं । हाल मधेस प्रदेश,वागमती प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागमा एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x