गण्डकी प्रदेशमा पूर्वमन्त्री मनाङे पक्राउ

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार उनलाई राजधानीको सानोभर्याङको कम्फर्ट हाउजिङबाट पक्राउ गरिएको हो ।
सर्वोच्च अदालतले कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेसँग उनी पक्राउ परेका हुन् ।
उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE