बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

महिला सशक्तिकरणका अभियान बिस्तार गर्ने योजनामा छौँः मन्त्री यादव

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले महिला सशक्तिकरणका अभियानलाई बिस्तार गर्ने योजनामा सरकार रहेको बताएका छन् । बुधवार वीरगञ्जमा आयोजित वीरगञ्ज महानगरपालिकाले १० हजार भन्दा बढी किशोरीहरुलाई आत्मारक्षाका लागि दिएको तालिमको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले वीरगञ्ज महानगरपालिकाले शुरु गरेको अभियान शुरुवात मात्रै भएको भन्दै अन्य जिल्लाहरुमा पनि किशोरीहरुका लागि आत्मरक्षाको कार्यक्रम अघि बढाउँदै लैजाने बताए । किशोरीहरुको सशक्तिकरणको लागि तालिम कार्यक्रमहरु सञ्चालन गर्न सरकारले अब ढिला नगर्ने बताए ।

उनले भने, ‘यो कार्यक्रम केबल शुरुवात मात्रै हो । भविष्यमा अन्य जिल्लाहरुमा पनि यस्ता तालिम सञ्चालन गर्ने, महिला सशक्तिकरण अझ बिस्तार गर्ने सरकारको योजना रहेको छ । किशोरीहरुको सशक्तिकरणको लागि तालिम कार्यक्रमहरु सञ्चालन गर्न हामी कटिवद्ध छौँ । यहाँबाट सिक्ने सीपबाट जीवनमा आत्मबल बढाउँछ, आत्मविश्वास बढाउँछ, शारीरिक र मानसिक रुपले बलियो बनाउँछ । हिंसाजन्य गतिविधि भए प्रतिकार गर्न सिकाउँछ, महिला हिंसा सहन सकिँदैन, आत्मरक्षा गर्न सक्छन् भन्ने विश्वास दिलाउँछ ।’

मन्त्री यादवले यस्ता तालिमहरुले जीवनमा आत्मबल, आत्मविश्वास बढाउने, शारीरिक र मानसिक रुपले बलियो बनाउने र हिंसाजन्य गतिविधि भए प्रतिकार गर्न सिकाउने बताए । महानगरपालिकाले एकसाथ १० हजार भन्दा बढी किशोरीलाई आत्मरक्षाको तालिम दिएर विश्व रेकर्डसहित गिनिज बुकमा धेरै किशोरीलाई एक साथ तालिम दिएर महानगरको नाम लेखाउने तयारीअनुसार तालिम कार्यक्रम आयोजना गरिएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x