पूर्वमन्त्री रहेका माओवादी नेता पदम राईको निधन
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री पदम राई (विकास)को निधन भएको छ । लामो समयदेखि पार्किन्सन रोगले ग्रस्त रहेका राईको उपचारका क्रममा शनिबार काठमाडौंको वीर अस्पतालमा निधन भएको हो ।
२०६४ सालमा भोजपुर–१ बाट निर्वाचित उनी पूर्वअन्तरिम व्यवस्थापिकाका विधायक तथा भौतिक योजना राज्य मन्त्री हुन् । पूर्वप्रधानमन्त्रप् तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE